पदम गिरी

आमा : सिता गिरी
बुवा : स्व. बेल गिरी
पारिवारिक विवरण : श्रीमती, २ छाेरी
जन्म स्थान : पर्वत जिल्ला कुश्मा नगरपालिका वडा न ३ दुर्लुङ
औपचारिक शिक्षा प्रारम्भ : श्री काफल चौर मावि दुर्लुङ
शिक्षा : स्नाकोत्तर तह (पृथ्वीनारायण क्याम्पस, पोखरा)

आमा सिता गिरी र बुवा बेल गिरीको कान्छो छोरोको रुपमा पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा जन्मिएका पदम गिरीको बाल्य अवस्था आफनै गाउँमा वित्छ । माध्यमिक तहको पढाई आफनै गाउँको विद्यालयमा श्री काफल चौर माविमा पुरा गरेका पदम गिरी सानै उमेद देखि नै तिक्ष्ण एवम जिज्ञासु स्वभावका मानिन्थे । असमान र अन्यायको विरुद्ध खुलेर प्रतिपाद गर्ने यिनको शैसवकाल देखिको स्वभावले त्यतिवेला वयस्क जीवनमा झनै परिपक्कता भएको छ ।

पञ्चायत विरुद्ध २०४६ सालको जनआन्दोलनको राप र तापले त्यतिवेला १४ बर्षका पदम गिरीलाई पनि सेक्न थाल्दछ । प्रगतिशिल चिन्तन बोकेका गिरी तत्कालीन अखिल पाँचौमा संगठित हुन पुग्दछन । विद्यालयको प्रारम्भिक कमिटिको सचिव हुँदै अध्यक्ष भई नेतृत्व दिन शुरु गर्दछन । बाक कटुता यिनको पहिचान हो । सरल मृदृभाषी र सवैसंग सहज घुलमिन हुनसक्ने यीनको स्भावकाले यिनलाई सधै नै पछ्याइरहो । विद्यालय तहको पढाई सकेर उच्च शिक्षा हासिल गर्न २०५० मा यिनी मुलुककै ठूलो र राजनीतिक महत्व बोकेको पृथ्वी नारायण क्याम्पस पोखरामा प्रवेश गर्दछन । एउटा राजनैतिक चेतनाले भरिएर आएको त्यो युवा विद्यार्थी त्यस क्याम्पसमा राजनैतिक गति विधिबाट अलग रहन पक्कै सकेन । अनेरास्ववीयू पर्वत पोखरा सम्पर्क कमिटिको अध्यक्ष भई नेतृत्व गर्न शुरु गर्छन ।

क्याम्पसमा पदम गिरीले भने उता, गाउँमा पार्टी प्रमुख बनी २०५४ सालको स्थानीय निर्वाचन यिनकै नेतृत्वमा सम्पन्न हुन्छ । त्यस बेला कम्युनिष्टहरुका लागि निकै प्रतिकुल मानिने पर्वतको दुर्लुङ गाउँमा निर्णायक विजयी पाटीले यिनकै नेतृत्वमा गर्दछ । पुन क्याम्पसमा विद्यार्थी राजनीतिलाई नै निरन्ततरता दिने सन्दर्भमा २०५५ सालमा अनेरास्वीयू पृथ्वीनारायण क्याम्पसको प्रारम्म्भिक कमिटिको सचवि हुँदै स्वतन्त्र विद्यार्थी युनिएनको सदस्यमा निर्वाचित हुन्छन गिरी । २०५७ मा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटिको अध्यक्ष बनेका पदम गिरी स्वतन्त्र विाद्यार्थी यूनिएको उप समितिमा निर्वाचित हुन्छन । अनेरास्ववियू राष्ट्रिय परिषद सदस्य हुँदै केन्द्रिय सदस्य बनेका पदम गिरी २०५९ को स्ववियू निर्वाचनमा पुनः दोस्रो पटक उप स मितिमा निर्वाचित हुन्छन ।

२०५९ माघ १९ को साही कु को विरुद्धमा मुलकुकमा सवै भन्दा पहिलो पृथ्वीनारायण क्याम्पमा गणतन्त्रको माग गदै पदम गिरीको नेतृत्वमा विरोध प्रदर्शन हुन्छ । तत्कालीन शाही सेनाले गिरीलाई नियन्त्रणमा लिई बक्कर भित्र राखेर मरणासन्न हुने गरी यातना दिदा पनि गिरीले आत्मसमर्पण गरेनन । गणतन्त्रको पक्षमा लडिनै रहे बरु पटक पटक प्रहरी हिरासतमा किन नरपरुन । २०६२ सालाको स्वतन्त्र विद्यार्थी यूनिएन निर्वाचनमा पृथ्वीनारायण क्याम्पस पोखरामा सभापतिमा निर्वाचन गिरी अनेरास्ववीयूको १९ आ राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सचिवालयमा निर्वाचित भई स्ववियू परिचालन विभागको प्रमुख पनि आफ्नो राजनीतिक यात्रालाई थप अगाडि बढाउँछन ।

काठमाण्डौं विद्यार्थी विशेष जिल्ला कमिटिको सदस्य हुँदै आफ्नो गृह जिल्ला पार्टी काममा फर्केका गिरी नेकपा एमाले पर्वत जिल्लाको सातौ जिल्ला अधिवेशनबाट सचिवालय सदस्यमा निर्वाचित भई युवा फाँट प्रमुखकको जिम्मेवारी समाल्छन । जिल्ला भरीमा युवालाई राजनीतिक सचेत बढाउन आफ्नो भूमिका कुशलता पुर्वक निर्वाह गरे पदम गिरीले ।

नेकपा एमाले पर्वतको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि पार्टीलाइ्र्र कुशल नेतृत्व दिन सफल बने अध्यक्ष गिरी ।
भरखरै सम्पन स्थानीय तहको निर्वाचनमा अध्यक्ष गिरीले नेतृत्व गरेको नेकपा एमाले जिल्लाको पहिलो राजनैतिक शक्तिको रुपमा स्थापीत भएको छ । अध्यक्षमा निर्वाचित हँुदै गर्दा जिल्लाको पहिलो राजनैतधिक पार्टी नेकपा एमाले बनाउने उनको प्रतिवबद्धताले सार्थकता पाएको छ ।

स्ववीयू निर्वाचन होेस या संगठन भित्रका आन्तरीक निर्वाचन सधै भरी नै मेन अफ दी इलेक्सन भएर निर्वाचति हुने पदम गिरी यतिबेला २०७४ सालको मंसीर २१ गते हुने आम निर्वाचनमा पर्वतबाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेको तर्फबाट उमेदवार बनेका छन । आफ्नो प्रनिस्पर्धीलाई सधै फराकिलो मतान्तरले जित्ने इतिहास बोकेका पदम गिरीले यतिवेला सामाजिक विभेदहरुको अन्त्य गर्दै, कृषि, जलश्रोत र पर्यटनको विकासको माध्यमबाट पर्वत जिल्लाई आर्थिक सम्बृद्धिको जिल्ला बनाउने उद्घोष गर्दै आाफ्नो उमेदवारी रहेको जानकारी गराउँछन ।

समयरेखा

राजनीतिक यात्रा